बच्चा अपहरण गरेको आरोपमा भारतीय महिला पक्राउ

चितवनमा बच्चा अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रण लिएको छ। ४ असोजमा दिउँसो १२:३० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १७ गञ्जानगरका ४ वर्षका बालकलाई भारत देश रहसी...

सम्बन्धित सामग्री

बच्चा अपहरणको आरोपमा भारतीय महिला पक्राउ

काठमाडौं :  चितवनमा बच्चा अपहरण गरेको आरोपमा प्रहरीले एक भारतीय  महिलालाई नियन्त्रणमा लिएको छ। असोज ४ गते मध्यान्ह साढे १२ बजे चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले  भारतको रहसी गाउँ बस्ने ३८ वर्षकी अनिता पालले नियन्त्रणमा लिएको हो।पाललाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ४ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।