टिकटका प्रतिस्पर्धी नै प्रस्तावक र समर्थक

सुनसरी – पालिका चुनाव २०७९ को मनोनयन दर्ता हिजो साेमवार बेलुकी ५ बजेसम्मका लागि तोकिए पनि राति अबेरसम्म नै निर्वाचन आयोगलाई भ्याइनभ्याइ भयो । सुनसरीको इटहरीमा भने मनोनयन दर्तामा रोमाञ्चक दृश्य देखियो । पार्टीले टिकट दिनुअघिसम्म टिकटका लागि तँछाड मछाड गर्नेहरू नै उम्मेदवारको प्रस्तावक र समर्थक बनेका छन् । एमालेको तर्फबाट इटहरीको मेयरमा पार्टीका नगर अध्यक्षसमेत रहनुभएका यामकुमार सुब्बाले टिकट पाउनुभयो । पार्टीले इटहरीको मेयरको टिकट उहाँलाई दिनुअघिसम्म उहाँसँगै अहिलेका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम...