जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु, ९ घाइते

काठमाडौं : जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। शुक्रबार बिहान ८ बजे जुनिचाँदे ५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीले जानकारी दिए। जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको शाहीको भनाइ छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरी उपचारको