कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा.करण साहमाथि भएको कुटपिटको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले चिकित्सक कुट्ने प्रतिष्ठान प्रशासनका कर्मचारी धनबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र प्रतिष्ठानले छानबिन समिति बनाएर घटनाको छानबिन गरिरहेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।उनीहरूले छानबिन समितिलाई छानबिनमा सघाउने र प्रहरी अनुसन्धानमा समेत सहयोग गर्ने बताएक