काठमाडौं: राष्ट्रियसभाको चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति कांग्रेसले पाउने भएको छ। यस समितिको सभापतिमा राष्ट्रिय सभाकी सदस्य तारादेवी भट्टलाई पठाउने निर्णय कांग्रेसले गरेको छ।
तीन समिति सभापति चयनमा मनोनयनका लागि उम्मेदवारी परिसकेको छ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको थियो।