जापानको टोकियोमा बसोबास गर्ने राजेन्द्र जमकट्टेल काठमाडौं आइपुगेका छन् । उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति जापानबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशनमा सहभागी हुन आएका उनको हैसियत भने मतदातामै सीमित छ । उनी उम्मेदवार बन्न पाउने छैनन् ।