अहिले प्रस्तुत गरिएको कमजोर बजेटले दलितको मुक्ति सम्भव छैन । दलितमुखी बजेट विना सो समुदायको परिवर्तन सम्भव छैन । दलित समुदायभित्रको गरिबी, अशिक्षा, रोजगारीको अवसरका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने हो ।
गण्डकी प्रदेश सांसदहरूले दलित युवाको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । गण्डकी प्रदेशको बजेट अधिवेशनका रूपमा चलिरहेको प्रदेशसभाको मंगलबारको बैठकको विशेष तथा शून्य समयमा बोल्ने प्रदेश सांसदहरूले अन्तरजातीय विवाह गर्न खोज्दा दुलाहा नवराज विश्वकर्मासहित तीन युवाको हत्या भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।