बाबुरामलाई भीम रावलको जवाफ : नक्कली पीएचडी सीमापारी हुन्छ

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले नेता डा.भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।भट्टराईले प्रधानमन्त्री हुँदा गोप्य रुपमा एमसिसी सम्झौता गरेको भन्ने रावलको आरोपपछि भट्टराईले रावलको पीएचडी नक्कली भएको आशंका गरेका थिए। त्यसपछि रावलले नक्कली पीएचडी सीमापारी मात्रै हुने बताएका हुन्।'बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसिसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु। त्यो बेला दलीय सहमतिबाट