मोतीराम भट्ट, बाबुराम आचार्य र पुष्कर अथक रेग्मीको लेखन तथा चुँदीरम्घाली अनुश्रुतिलाई संश्लेषण गर्दा भानुभक्त आचार्य बाबुका सहयोगी र जागिरे समेत भई करिब ८–९ वर्षजति पाल्पामा बसेको देखिन्छ। त्यसैले मोतीरामले भानु जीवनी लेख्दा वि.सं. १८९८ देखि १९०५ भित्र भानुभक्तले लेखेको फेला पारेनन्।