काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको तस्बिर बच्चाहरूको किताबमा राखिएको छ। बंगालका विभिन्न स्कुलले सुशान्तको तस्बिरसहितको किताब पढाउन थालेका हुन्। किताबमा राखिएका तस्बिर सिरियल ‘पवित्र रिश्ता’बाट लिइएको थियो। उनको तस्बिर राखेर बच्चाहरूलाई परिवारको महत्वबारे जानकारी दिइनेछ। किताबमा सुशान्तलाई एक बुबाको रुपमा देखाइएको छ। सुशान्तले गतवर्ष आत्महत्या गरेका थिए। उनको मृत्युले निकै चर्चा पाएको थियो। त्यहीबाट लागूऔषध प्रकरणबारे अनुसन्धान भइरहेको छ।