सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन ।  विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र...

सम्बन्धित सामग्री

दुई वर्षमा पनि जडान  भएन स्मार्ट सडक बत्ती

काठमाडौं महानगरपालिकाका मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । २५ मंसिर ०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक...

सम्झौताको दुई वर्षमा पनि जडान भएनन् स्मार्ट सडक बत्ती

काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य-मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँगको सहकार्यमा काम गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको ४५ दिनबाट काम सुरु गर्ने भने पनि सुरुको एक वर्ष […]

पोखराका व्यस्त चोकमा स्मार्ट लाइट जडान हुँदै

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ ।      महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । ‘हाइमास्ट लाइट’ ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।      स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।       उनका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।       महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । प्रवक्ता नेपालीले भने, ‘प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने कार्य अगाडि बढेको छ । सम्झौताअनुसार योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।’      महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये १ करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसैंलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ ।      यसैगरी पोखरा महानगरभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । सहमतिअनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । उक्त कार्यका लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो साताबाट विज्ञको टोली पोखरामा खटिने महानगरले जनाएको छ । रासस