पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ ।
आजै निर्वाचन आयोग जाने तयारी भएको नेपालपक्षीय एक नेताले जानकारी दिए ।
दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरू नयाँबानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् ।
दल दर्ताका लागि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले हस्ताक्षर संकलनको काम गरेका छन् ।
आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्...