राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खरेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको हितमा नभएकाले संघीयता र अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने तर्क राखेकी हुन् ।