राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ ।
आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै, अधिकारीको जीवन रक्षाका लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मीसहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न तथा कृष्णप्रसाद अधिकारीको हत्याका आरो...