तस्वीर : तातोपानी नाकाबाट भित्रियो साझा यातायात

तातोपानी नाका हुँदै तीन ओटा विद्युतीय बस नेपाल भित्रिएको छ । साझा यातायातका ४० ओटा मध्ये बुधवार तीन ओटा विद्युतीय बस भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बुधवार नै भन्सार पास गरी सडकको कारण लोडरमा राखेर राजधानी पठाइने उनले बताए । तस्वीर : रासस