एकदिवसीय क्रिकेटको वरीयतामा नेपाल यथावत्, दीपेन्द्र टी–२० अलराउन्डरतर्फ शीर्ष १० मा

काठमाण्डाै – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीयकाे नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहन सफल भएको हो । नेपालले गएकाे मार्च महिनामा ६ एकदिवसीय खेल खलेकोमा दुईमा जित र चार खेलमा पराजित भएको थियो । नेपालले गएको महिना दुबईमा आईसीसी विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) लाई दुई खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग दुई खेलमा पराजित भएको थियो । लगत्तै नेपा...