किसानले उत्पादन गरेका वस्तुको मुल्य सहजरुपमा पाउनुपर्छ : सचिव शर्मा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् । बुधबार विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका हुन् ।उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । उपभोक्ताहरूले सहज रुपमा स्वच्छ र सफा दुध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले निर्धक्क भएर दुध उपभोग ग

सम्बन्धित सामग्री

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

३ फागुन, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताएकी छन् । घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्थानीय कृषि उत्पादन बढ्दै गए पनि […]

कर्णालीको विकासमा कृषिकाे भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री शर्मा

जुम्ला- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रममा उनले अझ कर्णाली जस्ताे क्षेत्रको विकासमा कृषिकाे भूमिका निकै महत्त्वपूर्ण हुने बताए । ‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धि सम्भव छैन,’ उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार […]

अर्थमन्त्री शर्मा भन्छन्- कर्णालीकाे विकासमा कृषिको भूमिका महत्वपूर्ण छ

जुम्ला। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयाेजित कार्यक्रमा उनले अझ कर्णाली जस्ताे क्षेत्रकाे विकासमा कृषिकाे भूमिका निकै महत्वपूर्ण हुने बताए । ‘कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धी सम्भव छैन,’ उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार […]

आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा

सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत गर्ने भएको छ । विदेशबाट बढ्दो कृषिजन्य वस्तुको आयात न्यूनीकरण गर्न स्वदेशमै कृषि उत्पादन बढाउनतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गरिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम र प्राविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने जानकारी दिए ।यस्तै, किसानलाई यी वस्तुको

नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन शृङ्खलामा जोडिन्छ – अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खला प्रणालीमा आबद्ध गराउने बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय उत्पादन श्रृङ्खलामा आबद्ध गर्नेगरी योजना ल्याउने बताएका हुन् ।‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि र उद्योग क्षेत्रका तर्फबाट आधारभूत उपभोग्य वस्तुको उत्पादन वृद्धि गरिनेछ’ उनले भने । यस्तै, स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिइने उनले बताए ।‘अन्तर्राष्ट्रि

कृषि क्षेत्रलाई अनुदान होइन, प्रोत्साहन आवश्यक : अर्थमन्त्री शर्मा

वैशाख १०, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान होइन प्रोत्साहन आवश्यक रहेको बताएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रवार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान शब्द नै नराख्न सुझाव दिएका हुन् । ‘आगामी आवको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस्’, उनले भने । उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बिउको उपलब्धता, सही समयमा रासायनिक तथा जैबिक मलको उपलब्धता, प्रविधि र प्राविधिकको सहयोगलगायतका माध्यमबाट किसानलाई प्रोत्साहन गर्नु जरुरी रहेको उनले बताए । कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश सञ्जेलले आगामी आवका लागि प्रस्ताबित कार्यक्रममा कृषि अनुदानको बिषय उठाएपछि मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । आगामी आवका लागि ४२ अर्ब ७३ करोड रुपैयाँको सिलिङ पाएको कृषि मन्त्रालयले बजेट सिमा भित्रै रहेर कार्यक्रमहरुको प्रस्ताव गर्ने बताएको छ । चालू आवमा कुल बजेटको तुलनामा कृषि क्षेत्रमा २ दशमलव ५ प्रतिशत मात्रै बजेट बिनियोजन भएको र पछिल्लो दश बर्षमा कृषि तथा पशुपंक्षी क्षेत्रको औषत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले बताएको छ । छलफलमा अर्थ मन्त्री शर्माले सिमा नाकामा क्वारेन्टाइन स्थापना गर्न बारम्बार निर्देशन दिएपनि ढिलाई गरेको भन्दै गुनासो गरेका थिए । ‘यसअघि भएका नियमित बैठकमा सिमा नाकामा छिटो क्वारेन्टाइन राख्नुस् ।  त्यसका लागि के कति बजेट आवश्यक पर्छ, तुरुन्तै भुक्तानी दिन्छौं भनेका थियौं’, मन्त्री शर्माले भने, ‘तर, अहिलेसम्म तयारी नै देखिएन । यसरी ढिलाई गर्नु भएन ।’  क्वारेन्टाइन राखेर आयातित कृषि उपज तथा खाद्य वस्तुको गुणस्तर, बिषादीको मात्रा, खाद्य वा अखाद्य मात्रा, लेबलिङको अवस्थालगायतको परिक्षण सुक्ष्म रुपले अगाडी बढाउन मन्त्री शर्माले निर्देशन दिएका छन् । जेठ असारमा धान रोप्ने तयारी गरेका किसानलाई  उन्नत जातको बिउ बितरण गरी उत्पादन बढाउन उनले निर्देशन दिए । ‘धान धेरै फल्ने जातका बिउ किसानलाई बितरण गरिहाल्नुस् । यसका लागि  पनि केही बजेट चाहिन्छ भने दिन्छौं’, उनले भने, ‘जतिसक्दो छिटो धान उत्पादन बढाएर आयातलाई बिस्तारै घटाउनुपर्नेछ ।’ चालू आवको ९ महीनामा ३ खर्ब २५ अर्ब रुपैयाँको कृषि वस्तु आयात भएको भन्दै उनले कृषि उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्नुको विकल्प नरहेको पनि बताए । छलफलमा कृषि सचिव डा. गोबिन्द शर्माले बर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३ मेट्रिक टनभन्दा बढी र चैते धानको उत्पादकत्व प्रतिहेक्टर ७ मेट्रिक टनभन्दा बढी रहेको जानकारी दिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनीले आगामी आवका लागि कुन कुन कार्यक्रम राख्ने भन्ने बिषयमा प्रतिफलयोग्य कार्ययोजना ल्याउन निर्देशन दिए । छलफलमा आलू, प्याज, च्याउ, सागलगायतको उत्पादन बढाउने गरी कार्यक्रम तयार गर्ने सहमति भएको छ । उक्त छलफलमा कृषि मन्त्री महिन्द्रराय यादवले बर्षेनी कृषि क्षेत्रमा कम बजेट बिनियोजन हुने गरेको भन्दै आगामी आवका लागि पर्याप्त बजेट बिनियोजन गर्नुपर्ने धारणा राखेका थिए । ‘न्यून बजेटले कृषिको उत्पादन वृद्धि र  निर्यात गर्ने स्थिति हुँदैन । त्यसैले बजेट वृद्धि गर्नुपर्छ’,मन्त्री यादवले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित गरी त्यहाँको लगानीलाई सदुपयोग गर्नुपर्ने खाँचो रहेको उनको भनाइ थियो ।

उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगको स्थापना प्राथमिकता

दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् ।बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा बोल्दै शर्माले वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको पनि बताए । मन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आईएफसीसँग […]

आर्थिक पुनरुत्थानमा सघाउन आईएफसीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) लाई नेपालको आर्थिक पुनरुत्थानमा सघाउन आग्रह गरेका छन् ।  आईएफसीले बिहीबार आयोजना गरेको भर्चूअल बैठकमा अर्थमन्त्री शर्माले नेपाल सरकारको ध्यान अहिले कोरोना महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहेकाले आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् । आईएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उल्लेख गर्दै अर्थमन्त्री शर्माले दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसहित साना तथ

भादगाउँले टोपीमा धागो बाहिरको, टाँक सिउने सियो पनि विदेशी : प्रधानमन्त्री

२४, फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक जीवनमा प्रयोग हुने अतिआवश्यक वस्तु स्वदेशमै उत्पादन गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् । स्वदेशी वस्तुको प्रयोग संसारभर फैलाउन तथा स्वदेशी उपभोक्तालाई प्रयोगका लागि प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघले अघि सारेको ‘मेक इन नेपाल, स्वदेशी अभियान’को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । विज्ञापनको […]