प्रभु इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

मंसिर २५, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । मंसिर २२ गतेदेखि २४ गतेसम्म स्याङ्गजामा सञ्चालित तालिम समापन तथा प्रमाण–पत्र बितरण कार्यक्रमलाई सम्वोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले  बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकासमा सहयोग पुग्ने बाताए ।  उनले तालिमबाट ५० जनाभन्दा बढी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने पनि बताए ।कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजामध्ये मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कात्तिक महीनामै तालिम सम्पन्न गरि सकेको कम्पनीले बताएको छ ।    

सम्बन्धित सामग्री

पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तालाई आइएमई जनरल इन्स्योरेन्सकाे तालिम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो । तालिममा ओखलढुंगा र सोलुखुम्बुका गरी १५ जनाको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि […]

आईएमई जनरल इन्स्योरेन्सले दियो पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम

आईएमई जनरल इन्स्योरेन्सले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो ।समितिले तोकेका जिल्ला सोलुखुम्बु र ओखलढुंगाका सहभागी १५ जनालाई तालिम दिएको कम्पनीले बताएको छ । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि भएको कम्पनीको दाबी छ । तालिममा सहभागीहरुले गर्ने मूल्याङ्कनकर्ताले गर्ने मूल्याङ्कनलाई आधार मानेर दाबी भुक्