सिमकोट – यसवर्ष हुम्लामा चाँडै हिमपात भयो। हिमपातले नेपाल र चीनको सीमा क्षेत्र हिल्सा पुग्ने नारा लेकमा तीन फिटसम्म हिउँ जमेको छ। तर हिउँले पैदल यात्रुलाई छेकेको छैन। नारा लेकमा जमेको हिउँ छिचोलेरै यात्रु गन्तव्यमा जान थालेका छन्। यात्राको अन्य विकल्प नभएपछि पैदल यात्रु हिउँमार्ग भएरै गन्तव्यमा अघि बढिरहेका हुन्। उनीहरु समूह बनाएर हिउँ छिचोलिरहेका […]