संकटमा सल्यानका लोक संस्कृति

सल्यान : सल्यानका परम्परागत लोक संस्कृति बिस्तारै लोप हुँदै गएको छ। पैसेरी, सोरठी, मयुर नाँच, साइलो जी, ठाडो भाका लगायतका लोक संस्कृति हराउँदै जान थालेका छन्। गाउँघरका ज्येष्ठ नागरिकहरुमा मात्र सीमित बनेका संस्कृति जर्गेनातिर स्थानीय सरकार र युवा पुस्ताको ध्यान नगएकाले लोप हुँदै गएको हो। आफ्नो पुस्तासँगै पुराना संस्कृति पनि सकिने हो कि भन्ने चिन्ताले सताउने गरेको त्रिवेणी गाउँपालिका–४ पिमखोलाका विष्णुबहादुर बुढाले बताउँछन्। उनले मेला, पर्व र सार्वजनिक उत्सवमा नाचिने नाचहरु हराउँदै गएक