नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले पार्टीबाट अलग भई नेकपा बहुमत गठन गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले विवाद भएको हप्ता दिनमै झोला बोकेर हिँडेको बताएका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्नेक्रममा बोल्दै चन्दले विवाद भएको हप्ता दिनमै हिंड्ने कस्तो खालको लिडरसिप हो भन्दै प्रश्न गरे ।‘पार्टीमा छलफल र बहस हुन्छ त्यत्तिकैमा आत्तिनु हुँदैन । विवाद भएको हप्तादिन भएको भएको छैन । अर्को हप्ता झोला बोकेर हिँडिहाल्ने यो कस्तो खालको लिडरसिपको चरित्र हो ?’ चन