रातोपाटी अनलाइनका कर्णाली प्रदेश प्रतिनिधि पंखबहादुर शाहीलाई समाचार लेखेकै कारण धम्की दिइएको छ । सुर्खेतको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको सालिक राखेको विषयलाई लिएर पत्रकार शाहीले समाचार लेखेका थिए । लामो समयदेखि नै राजतन्त्रवादी र अन्य राजनीतिक दल, स्थानीय सरकारबीच विवाद रहेको चोकमा राजावादी संगठनले सालिक ठड्याएको थियो । सोही विषयलाई आधार बनाई लेखिएको समाचारमा राजतन्त्रमा विश्वास राख्ने केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिएका थिए । उनीहरूले ‘