रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताअघि प्रतिलिटर २३० रुपियाँमा किनबेच भएको सनफ्लावर र भटमास तेलको मूल्य अहिले बढेर २८० रुपियाँ नयाँ प्रिन्ट गरेको तेल बजारमा आएको छ ।