छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी

काठमाडौँ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएकोबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ। छानबिनको लागि थप समय चाहिएकोले समितिको म्याद थप्ने तयारी भएको हो। समितिलाई कार्य आरम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश छ।