कोरोना भाइरसविरुद्ध भारतमा बनेको कोभ्याक्सिनलाई २–१८ वर्ष उमेरका बालबालिकामा परीक्षणका लागि अनुमति पाइएको छ ।
कोरोना खोपसँग सम्बन्धित विषय विज्ञ कमिटी (एसईसी) ले मंगलवार भारत बायोटिकको कोभ्याक्सिनलाई परीक्षणको अनुमति दिएको हो ।
खोप परीक्षण ५२५ जनामा गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी दिल्लीको एम्स, पटना एम्स, नागपुरको एमआईएमएस अस्पतालमा परीक्षण हुनेछ ।
हाल भारतमा प्रयोग भइरहेका कोरोना विरुद्धका २ खोप १८ वर्षभन्दा माथिका व्यक्तिमा मात्रै प्रयोग गर्न मिल्छ । भारतमा सीरम इन्स्टिच्युटको कोभिशिल्...