दशैंमा पनि रोकिएन १४० मेवा क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम

असोज २९, दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैंमा पनि कामलाई निरन्तरता दिएको छ ।             आयोजनाको तीन ओटै प्याकेजका काम दशैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार तीन ओटै प्याकेजको काम दशैंमा रोकिएका छैनन्, कामहरु निरन्तर भइरहेका छन् ।             प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । सो प्याकेजअन्तर्गत हाल पाँच ठाउँमा काम भइरहेको छ । आयोजना प्रमुख घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दशैंमा  पनि निरन्तरता दिइएको छ । हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित २१५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् ।  सिनो हाइड्रोले हालसम्म पाँच ओटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । २१५ मिटरको ट्रेलरेस सुरुङको काम भने भर्खरै शुरु गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार जम्मा सुरुङको काम ५० प्रतिशत सकिएको छ ।            प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ ओटा फाउण्डेशनको काम सकिएको छ भने ६ ओटा फाउण्डेशनको काम चलिरहेको छ । कुल ९४ मध्ये २० ओटा टावरका लागि सामग्री आउने क्रममा रहेको उहाँले जानकारी दिए । प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत् विकास विभाग पठाइएको उनले जानकारी दिए। प्रशारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न १ करोड ३१ लाख ३४ हजार  ५१० रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।            प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । सो प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । त्यस कामका लागि दशैंं आगाडि खटिएका ७५ जना मजदूरलाई दसैं बिदा दिइएको छ ।            उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरुले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङ सम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।            आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल रकम र मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।                  आयोजनाले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ ।  आयोजनामार्फत् नै तनहुँका विभिन्न ठाउँमा विद्युतीकरणको कामसमेत आगाडि बढेको छ । आयोजनामार्फत् जिल्लाका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिनेछ ।             कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/ नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस  

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले …

तनहुँ जलविद्युत् आयोजना: ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै

दमौली, १ जेठ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु गरिएको हो । ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच मिटर जडान गरिएको आयोजना प्रमुख […]

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली, २५ वैशाख । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । […]

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

काठमाडौँ, २१ फागुन । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा रू […]

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ‘ब्रेक थ्रु’

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका …

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो। पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए।डयाम साइडबाट […]

तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्दै मन्त्री भुसाल

दमौली, १३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको बाँधस्थल निरीक्षण गर्दै ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

तस्वीर : जोखिममा रहेको तनहुँ जलविद्युत् आयोजना

ऋषिङगाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजना आसपास क्षेत्रमा सेतीनदीले कटान गरेको दृश्य । १४० मेगावाट क्षमताको उक्त आयोजना तीन दिनदेखि परेको अविरल वर्षाका कारण आयोजना क्षेत्र जोखिममा परेको हो । तस्वीर : रासस

तनहुँ जलविद्युत् आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति प्रदान

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत स्थानीय वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरूआत गरेको हो ।  आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई १ लाख ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिए । उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । आयोजनाबाट प्...