डल्फिन संरक्षण कार्ययोजना कागजमै सीमित

गत बिहीबार चितवनको नारायणी नदीको भेलैजीमा एउटा डल्फिन देखियो । दुम्किबासदेखि दक्षिणतर्फ सुनसान क्षेत्रमा जलपक्षी गणना गर्ने क्रममा डल्फिन देखिएको थियो । पक्षी गणनामा सहभागी टेक महतोले उक्त डल्फिनको तस्बिर कैद गरे । थारु सामुदायिक लजका प्रबन्धकसमेत रहेका महतोले डल्फिनको तस्बिर कैद गरे । सामाजिक सञ्जालमा राखे । तस्बिर भाइरल भयो ।