काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ र सँगसँगै समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वास्थ्य छ भनेर हामीले बुझ्न सक्छौँ ।यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शङ्का गर्न सक्छौँ । अप्ठ्यारो...