सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । निवर्तमान केपी ओली सरकारले यात्रुवाहक र मालवाहक यातायातमा २० प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशको अघिल्लो दिन असार २७ मा तत्कालीन पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले मन्त्रीस्तरीय निर्णयमार्फत भाडा वृद्धि गरेका हुन् । […]