काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकका कानुन व्यवसायीले संविधान नहेरी एफएम सुनेको भरमा बहस गर्न आएको आरोप लगाएका छन् ।संवैधानिक इजलासमा सोमबार बहस गर्दै बडालले संविधान हेर्न रिट निवेदक पक्षका कानुन व्यवसायीलाई सुझाव दिए । उनले भने, बिहानबेलुका एफएमले जे भन्छ, त्यसैको आधारमा बहस गर्न आएर हुँदैन, संविधान पनि हेर्नुपर्छ ।’संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले