पाथीभरामा दशैँतिहारमै ६१ हजारभन्दा बढी दर्शनार्थी

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैँतिहारको अवधिमा नै ६१ हजारभन्दा बढी दर्शनार्थी आएका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मंसिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन्।वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए। नवरात्रका समयमा देवीको पूजाआराधना गर्न उपयुक्त मानिने र चाडबाड, बिदालगायतका