नक्कली भूटानी शरणार्थी प्रकरणमा कसैको दबाबमा पछि हट्दैनौंः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २ जेठ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गरे। भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने उनको भनाई थियो।

सम्बन्धित सामग्री

नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । सुन तस्करी प्रकरणभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनि उहाँले प्रश्न समेत गर्नुभयो । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले […]

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलन गर्ने

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप संघर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।  यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ ब...

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको जानकारी दिए […] The post नक्कली भूटानी शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नक्कली भूटानी शरणार्थी प्रकरण

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ ।

एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताए । “नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको […]

नक्कली शरणार्थी प्रकरण राजद्रोह नै हो : स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भूटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्र्भियता राजद्रोह भएको बताएका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको […]

नक्कली भूटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन

जवाफदेहिता निगरानी समितिले नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन गरी कानूनी दायरमा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने विद्यार्थी संगठनको माग

काठमाडौँ– विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार संवाद डवलीले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम उनीहरूले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाब विना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले […]