सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट जनसंख्याका आधारमा भन्दा पनि भूगोल र विकासका आधारमा वित्त आयोगले अनुदान रकम विनियोजन गर्नुपर्ने बताउँछन् । राष्ट्रिय वित्त आयोगले वितरण गर्ने अनुदान रकम न्यायोचित नभएको गुनासो उनले बारम्बार गर्दै आएका छन् ।तर मुख्यमन्त्री भट्ट नेतृत्वकै प्रदेश सरकारले स्थानीय तहलाई विनियोजन गर्नुपर्ने अनुदान रकम न्यायोचित ढंगले वितरण नगरेको देखिएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा त्यस्तो अनुदानमा स्वेच्छाचारिता द