कतै कागतीका बोक्रा फ्याक्ने गर्नु भएकाे त छैन? हुन्छ असाध्यै गुणकारी

गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ । हामीहरू कागतीको बोक्रालाई बेकार ठानेर फ्याँक्छौं र बोक्रा पनि बहुगुणी हुन्छ । यसमा भएको पेक्टिन नामक तत्त्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँछ । यसका अन्य फाइदा यसप्रकार छन् : तनाव आजकल हरेक व्यक्ति तनावग्रस्त छ । तनावबाट छुटकारा पाउनका लागि कागतीको बोक्रा उत्तम उपाय हो । यसमा भएको फ्लेभोनाइडले तनाव घटाउन सहायता गर्छ । क्यान्सर कागतीको बोक्रामा भएको तत्त्वले क्यान्सरजस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ । ...