कर्णाली प्रदेशमा ८६ वर्षिय वृद्धा महिला कोरोना संक्रमणमुुक्त हुनुु भएको छ । मंगलबार उहाँसहित चार जनालाई कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको छ । दैलेखको महाबु गाउँपालिकाबाट अनुहारको दायाँ भाग नचल्ने भएपछि उपचारका लागि प्रदेश अस्पताल आउनु भएको थियो ।
उहाँ उच्चरक्तचापको बिरामी समेत हुनुहुन्थ्यो । यसै क्रममा उहाँलाई कोरोनापरीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । प्रदेश अस्प्तालका कोरोना फोकल पर्सन डा. प्रतिप न्यौपानेले कोरोना संक्रमणमुक्त भएपछि मंगलबार उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।