फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुग्यो

काठमाण्डाै - अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डाै आइपुगेको छ । अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो  । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ ।  फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडे...