सत्तामा बस्नेले आफूलाई जे मन लाग्यो, त्यही गर्ने बानी त अपवाद बाहेक संसारकै प्रायः शासकको हो । बलियाले पनि जे मन लाग्यो, त्यही गर्ने उसको आचरण नै हो । शक्तिमा भएकाले र बल भएकाले त्यो शक्ति र बल दुरुपयोग नगर्नु नै असल आचरण हो । शक्ति र बलको सदुपयोग गर्ने देवता अनि यसको दुरुपयोग गर्ने दानव हो । ओलीजी २०७४ को चुनावी रणनीतिबाट शक्ति र बलमा पुग्नु भयो । यसमा को को जिम्मेवार छन्, यो अहिले चर्चा गर्न उपयुक्त छैन । तर उहाँले शक्ति र बललाई दुरुपयोग गरेर मुलुकलाई अस्थिर र द्वन्द्वमा धकेल्ने प्रय