तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघ

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् । प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू, अघिल्लो प्रशासनका लागि काम गरिरहेका र पत्रकारहरूलाई घरघरमा पुगेर गिरफ्तारी गर्ने र यातना दिने गरिएको घटनाको भर्त्सना गरेकी छिन् । विभिन्न स्थानमा तालिबानका नजरमा शत्रुवत् ठानिएकाहरू मृत अवस्थामा समेत भेटिएका छन् ।उनले जेनेभामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई गरेको रेपोर्ट अनुसार कथित कार्यवाहक मन्त्रिपरिषद्को समावेशीताको सवाल केवल प्रचारवाजी मात्र रहेको जसमा महिला र गैर तालिबानको संलग्नता नरहेको बताएकी छिन् ।

सम्बन्धित सामग्री