सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध लगाएको करिब एक वर्षपछि अनुगमन थालेको छ । वातावरण विभागले बुधबारदेखि बजारमा प्रतिबन्धित प्लास्टिकको झोला अनुगमन सुरु गरेको छ । विभागकी सूचना अधिकारी सरोजा अधिकारीले भदौ १ गतेबाट अनुगमन सुरु गरिएको जानकारी दिइन् ।