म्याग्दी : अर्गानिक गाउँको रुपमा परिचित उर्वर भूमि बगरफाँटमा पक्की घर ठडिने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी नगरपालिकी–२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधा भएकाले यहाँ पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको छ।बगरफाँटमा अहिलेसम्म सातवटा पक्की घर निर्माण भएका छन्। उपल्लो फाँट र तल्लोफाँट (पलासेँ क्षेत्र) गरी दुई भागमा बाँढिएको बगरफाँट म्याग्दीकै अन्न भण्डारको रुपमा चिनिन्छ।यहाँका केही किसानहरुले खेतीपातीमा प्रविधिको प्रयोगको सुरु गरे पनि प