काठमाण्डाै - बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् ।
बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।
थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको ...