काठमाण्डाै – पश्चिम अफ्रिकी देश मालीमा सेनाले 'कू' गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनीलाई नियन्त्रणमा लिएर सैनिक क्याम्पमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई पनि सेनाले नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।
घटनापछि संयुक्त राष्ट्र सङ्घले निन्दा गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई विना सर्त तत्काल रिहा गर्न आग्रह गरेको छ । निकै गरिब पश्चिमी अफ्रिकी देश मालीमा रहेकाे संयुक्त राष्ट्र सङ्घका...