बाँके। पछिल्लो १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले बताए। मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक/एक जना सल्यान र कैलालीका छन्। उनीहरूको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। बाँकेमा अहिलेसम्म ३५५ जनाको मृत्यु भएको छ।