निर्धारित समय अगाडि नै बन्यो राप्ती पुल

हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको  निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्