सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता पढाइ हुने

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्‍याम्पस सरस्वती बहुमुखी क्याम्पसले यो शैक्षिक शत्रदेखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गर्ने भएको छ । पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको र उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औल्‍याउँदै  क्याम्पसले भर्ना सुरु गरेको क्याम्पस प्रमुख डा.डोलमान गुरुङले अनलाइनखबरलाई बताए । […]