सर्वोच्चका सबै इजलासमा पत्रकारलाई रोक

सर्वोच्च अदालतले आज सबै इजलासमा पत्रकार प्रवेश रोक लगाएको छ। राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण खुलाएको छैन। अदालत परिसरमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका छन्। यसअघिसर्वोच्च अदालतले दिएको विशेष पास देखाएर इजलासमा जान पाइन्थ्यो।

सम्बन्धित सामग्री

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

१० कात्तिक, काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् । प्रवेश दिइएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा […]