प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको भीड

नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरिको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।  बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष