काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन काठमाण्डाै शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान दिन सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरेको बताउनुभएको हो ।
मङ्गलवार संसद् बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डार...