बानेश्वरस्थित मातृका आँखा अस्पतालको भवनमा शंकास्पद वस्तु भेटियो

काठमाडौं :  काठमाडौं मध्यबानेश्वरस्थित मातृका आँखा अस्पतालको भवनमा  शंकास्पद वस्तु भेटिएको छ। प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको हो।उक्त शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। बम राखिएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगिसकेको छ।

सम्बन्धित सामग्री

चितवनमा दुई ठाउँमा भेटियाे शंकास्पद वस्तु

भरतपुर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा चितवनकाे मुख्य सहरी क्षेत्रका तीन स्थानमा शंकास्पद वस्तु भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा […]