नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ । सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यसहित मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो । पुस ३ देखि ६ गतेसम्म (१८–२१ डिसेम्बर) नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने महोत्सवको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ रहेको छ । महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ देखाइनेछ ।कथानक चलचित्र,